पर्वतमा अलैँचीको पात सुक्ने प्रकोप बढ्दो

हिमाल प्रेस १७ मंसिर २०७९ १७:१७
10
SHARES
पर्वतमा अलैँचीको पात सुक्ने प्रकोप बढ्दो अलैँची टिप्दै किसान। फाइल तस्बिर

पर्वत– पर्वतमा अलैँचीका पात सुक्दै जाने र बोट नै मर्ने समस्या देखिएको छ। गएका दुई वर्षदेखि यहाँका अलैँचीको बोटमा यस्तो समस्या देखिएको हो।

बिरुवा हुर्किएर फल लाग्नुपर्नेमा बोट रोगको सिकार हुँदै गएपछि यहाँका किसान अलैँची खेतीप्रति उदासिन बनेका छन्।

‘पाँच लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। अब अलैँची उत्पादन गरेर लगानी उठाउने र आम्दानी गर्ने बेला हुन लागेको थियो। तर दुई वर्षअगाडि बिरुवाका पात सुक्दै जाने समस्या देखियो। यसले अहिलेसम्म पनि छाडेको छैन,’ मजुवापाखा कबुलियती वन तथा कृषक समूह समूहकी कोषाध्यक्ष वीरमाया पुनले भनिन्, ‘रोपेको तीन वर्षमा राम्रो उत्पादन दिने भनिएकोमा पाँच वर्षसम्म पनि उत्पादन लिन पाइएको छैन। पारिपट्टिको क्याङ गाउँमा पनि यस्तै समस्या देखिएको ५। पहिले २५ क्विन्टल फलेकामा अहिले १५ क्विन्टल जति होला भनेका छन्।’

अलैँचीमा समस्या देखिएको गुनासो आएपछि कृषि ज्ञान केन्द्र पर्वत कार्यालयबाट पुगेको प्राविधिक टोलीले कृषकसँगै मिलेर बगानको सामूहिक सरसफाइ गरेपछि केही काम भएको तर रोग पूर्णनियन्त्रणमा नआएको कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख मनिता थापाले बताइन्।

परीक्षण गरेर हेर्दा ‘फुसारियम’ ढुसीको संक्रमण रहेको देखिएपछि विषादी छर्केर केही कम भए पनि फेरि पनि समस्या उस्तै रहेको उनको भनाइ छ।

प्रकाशित: १७ मंसिर २०७९ १७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 5 =