अपांगता भएका व्यक्तिको समावेशीकरणमा स्वास्थ्यमन्त्रीको जोड

हिमाल प्रेस १७ मंसिर २०७९ १६:३२
8
SHARES
अपांगता भएका व्यक्तिको समावेशीकरणमा स्वास्थ्यमन्त्रीको जोड

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले अपांगता भएका व्यक्तिको समावेशीकरणमा जोड दिएका छन्।

अपांगता भएका व्यक्तिको ३१औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपांगता भएका व्यक्तिलाई समावेशीकरणमा विशेष ध्यान दिनुपर्ने बताएका हुन्।

अपांगता भएका व्यक्तिहरूलाई सम्मानजनक र सहभागितामूलक जीवन सुनिश्चित गर्ने दायित्व राज्यको भएको पनि मन्त्री खापुङको भनाइ छ।

अपांगता भएका व्यक्तिहरू अझै पनि समावेशिताबाट वञ्चित रहेको उल्लेख गर्दै उनले स्वास्थ्य तथा विकासका कार्यक्रमले अपांगता भएका व्यक्तिलाई केन्द्रमा राखी अघि बढ्न आग्रह गरे।

अपांगता भएका व्यक्तिले देश विकासमा पुर्‍याएको योगदानको समेत मन्त्री खापुङले प्रशंसा गरे।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नेपालले अपांगतासम्बन्धी महासन्धि अनुमोदन गरिसकेकाले समावेशी स्वास्थ्य, पुनःस्थापना र सहायक स्वास्थ्य सामग्री अपांगता भएका व्यक्तिको हक तथा अधिकार सुनिश्चित गर्ने माध्यम रहेको बताए।

स्वास्थ्यका हरेक कार्यक्रममा अपांता भएका व्यक्तिलाई केन्द्रमा राखेर अघि बढ्न उनले आग्रह गरे।

विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले अपांगता भएका व्यक्तिको पुनःस्थापना सरकारले एक्लैले मात्र गर्न नसक्ने उल्लेख गर्दै सबैको सहयोग आवश्यक रहेको बताए।

प्रकाशित: १७ मंसिर २०७९ १६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =