स्याङ्जा २ मा धनराजको अग्रता, पछि परिन् एमालेकी पद्‍मा

हिमाल प्रेस १६ मंसिर २०७९ ७:१२
18
SHARES
स्याङ्जा २ मा धनराजको अग्रता, पछि परिन् एमालेकी पद्‍मा

काठमाडौँ- स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ११ हजार ९२० मतसहित अगाडि छन्।

गुरुङलाई पछ्याइरहेकी नेकपा एमालेकी सचिव पद्मा अर्याल २ हजार ४१८ मतले पछि परेकी छन्। अर्यालको मत ९ हजार ५०२ छ।

मंसिर ४ गते भएको निर्वाचनमा धाँधली भएको आरोप एमालेले लगाएपछि बाजुरा र स्याङ्जा २ मा मंसिर १४ गतेदेखि मात्रै मतगणना सुरु भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 6 =