नेपाली सेनाद्वारा वृद्धा आश्रममा लुगा तथा खाद्य सामाग्री सहयोग

हिमाल प्रेस १६ पुष २०७९ १७:५९
8
SHARES
नेपाली सेनाद्वारा वृद्धा आश्रममा लुगा तथा खाद्य सामाग्री सहयोग

धनगढी– नेपाली सेनाले वृद्धा आश्रमका वृद्धवृद्धालाई न्यानो लुगा र खाद्य सामग्री वितरण गरेको छ। कञ्‍चनपुरको वेदकोट नगरपालिकामा उक्त आश्रमका उनीहरूलाई सेनाले उक्त सामग्री वितरण गरेको हो।

नेपाली सेना सैनिक श्रीमती संघ नम्बर २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले बेदकोट नगरपालिका-८ मा रहेको बैजनाथ ज्येष्ठ नागरिक सेवा केन्द्रमा आश्रित वृद्धवृद्धालाई न्यानो लुगा (मण्डी) का साथै खाद्यान्न (चामल, दाल, तरकारी, चिनी चियापत्तीलगायत) सामग्री उपलब्ध गराएको हो।

वृद्धाश्रममा रहेको १९ जना वृद्धवृद्धालाई राहत तथा न्यानो लुगा वितरण गर्दै यहाँस्थित नेपाली सेनाको नम्बर २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी पुरुषोत्तम ढकालले सेना र सैनिक श्रीमती संघबाट जनमुखी सामाजिक काम अवस्था र आवश्यकताअनुसार गर्दै आएको बताए।

‘वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न सहजता होस् भनेर सामग्री उपलब्ध गराइएको हो,’ बाहिनीपति सहायकरथी ढकालले भने, ‘जनतासित सधैं नेपाली सेना भन्ने भावना अभिवृद्धिका लागि पनि अभाव रहेका क्षेत्रमा सेनाले लामो समयदेखि सहयोग तथा सहकार्य रहँदै आएको छ।’

नेपाली सेनाले वृद्धाश्रमका ज्येष्ठ नागरिकको सहजताका लागि आधुनिक दुई कोठे शौचालयसमेत यहाँ निर्माण गरिदिएको छ भने केही वर्षअघि सेनाको जनशक्ति र दाताको सामग्री सहयोगमा वृद्धाश्रमको चौतर्फी पर्खाल निर्माण गरिएको थियो।

न्यानो लुगा तथा खाद्यान्न वितरण कार्यक्रममा बाहिनीपति ढकालसँगै यहाँस्थित श्रीदल गुल्मका गुल्मपति सेनानी सुमित श्रेष्ठ र वद्धाश्रम सञ्चालक समितिका पदाधिकारी सहभागी थिए। प्रतिकूल मौसम तथा विभिन्न प्रकोपमा मुलुकका समस्याग्रस्त क्षेत्रमा आफूहरूले योगदान पुर्‍याउँदै आएको श्रीमती संघका प्रतिनिधिले बताएका छन्।

प्रकाशित: १६ पुष २०७९ १७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 15 =