भण्डारखालमा प्रथम प्रधानसेनापति ह्विलचियर बास्केटबल प्रतियोगिता

हिमाल प्रेस ७ वैशाख २०८१ २०:३७
18
SHARES
भण्डारखालमा प्रथम प्रधानसेनापति ह्विलचियर बास्केटबल प्रतियोगिता

काठमाडौँ- नेपाली सेनाको आयोजनामा प्रथम प्रधानसेनापति ह्विलचियर बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ।

सेनाको आयोजनामा सैनिक पुनर्स्थापना केन्द्र भण्डारखालमा आज (शुक्रबार) आयोजित प्रतियोगितामा पुरुषतर्फ सशस्त्र प्रहरी बल ह्विलचियर क्लब प्रथम र महिलातर्फ ह्विलचियर स्पोर्टस एसोसिएसन प्रथम भएका छन्।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लब दोस्रो भए भने महिलातर्फ स्पाइनल कर्ड इन्जुरी नेटवर्कले दोस्रो स्थान हासिल गरेका छन्।

यसै गरी, पुरुषतर्फ नै स्पाइनल कर्ड इन्जुरी नेटवर्क तेस्रो भए। महिलातर्फ जावलाखेल ह्विलचियर स्पोर्टस क्लबले तेस्रो स्थान प्राप्त गरेका छन्।

प्रतियोगिताका प्रथम टोलीलाई जनही २० हजार नगद, मेडल, शिल्ड र प्रमाणपत्र, दोस्रो टोलीलाई जनही  १५ हजार नगद, मेडल, शिल्ड र प्रमाणपत्र र तेस्रो टोलीलाई जनही रु १० हजार नगद, मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ।

उक्त प्रतियोगितामा विजेता टोलीलाई नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देलले पुरस्कार वितरण गरेका थिए। सेनाले अपांगता भएकालाई हौसला प्रदान गर्न पहिलोपटक उक्त प्रतियोगिता आयोजना गरिएको बलाधिकृत रथी सिग्देलले बताए।

प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ६ टोलीको सहभागिता थियो। सहभागी टोलीलाई हौसला प्रदान गर्नका लागि जनही पाँच हजार नगद प्रदान गरिएको छ। कार्यक्रममा अपांगता भएका खेलाडीले सांस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरेका थिए।

प्रकाशित: ७ वैशाख २०८१ २०:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =