सरकारलाई गोकुल बाँस्कोटाको प्रश्न : मोबाइलमै अल्झिने कि, मल पनि ल्याउने?

हिमाल प्रेस १६ पुष २०७९ ७:२७
20
SHARES
सरकारलाई गोकुल बाँस्कोटाको प्रश्न : मोबाइलमै अल्झिने कि, मल पनि ल्याउने?

काठमाडौँ- नेकपा एमाले सांसद गोकुल बाँस्कोटाले किसानले मल नपाएर सास्ती बेहोरिरहेको बारे सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्।
किसानले मल नपाएको दुई वर्ष भइसक्दा नयाँ सरकार भने विदेशबाट मोबाइल सेट ल्याउनेतर्फ अल्झिएको भन्दै उनले कटाक्ष गरेका छन् ।

‘किसानले मलमा सास्ती ब्यहोरेको दुई वर्ष भैसक्यो। तर नयाँ सरकारको पछ्यौरी मोबाइल सेटमा अल्झे जस्तो छ’, उनले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन् । एमडीएमएस प्रणालीले सेट दर्ताको प्रबन्ध गर्ने भन्दै बाँस्कोताले कति ल्याउने नल्याउने कोटा तोक्ने व्यवस्था नगरेको बताएका छन्।

प्रकाशित: १६ पुष २०७९ ७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 2 =