सुदूरपश्चिम प्रदेश : नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा रामेश्वर चौधरी चयन

हिमाल प्रेस १४ पुष २०७९ २०:०२
6
SHARES
सुदूरपश्चिम प्रदेश : नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा रामेश्वर चौधरी चयन

धनगढी- नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेतामा रामेश्वर चौधरी चयन भएका छन्। कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्वाचित चौधरीलाई संसदीय दलको नेतामा चयन भएका हुन्। संसदीय दलको नेताका लागि उनीसहित चारजनाको दाबी थियो।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा २ बाट निर्वाचित लक्ष्मणकिशोर चौधरी, प्रदेश १ बाट निर्वाचित कैलाश चौधरी र समानुपातिकतर्फबाट निर्वाचित टीका थापा संसदीय दलको नेतामा दाबी गर्दै आएका थिए। नागरिक उन्मुक्तिसँग प्रत्यक्षतर्फ पाँच र समानुपातिकतर्फ दुई गरी सात प्रदेश सभा सदस्य छन्।

प्रकाशित: १४ पुष २०७९ २०:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 10 =