 
                             
                                            काठमाडौँ– उद्योगी/व्यवसायीले तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। बुधबार अर्थमन्त्री विष्णु पौडेल र व्यवसायीबीच भएको वार्तामा आन्दोलन स्थगित गर्ने सहमति भएको हो। अर्थमन्त्री पौडेलले व्यवसायीका माग सम्बोधन गर्न केही दिनको समय मागेपछि व्यवसायीहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन्। आजको छलफलमा गभर्नर डा. महाप्रसाद अधिकारी पनि सहभागी थिए।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले अर्थमन्त्री पौडेलले माग पूरा गर्ने आश्वासन दिएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी दिए। उनले भने, ‘अर्थमन्त्रीले चाँडोभन्दा चाँडो हाम्रो माग समाधान गर्ने प्रतिबद्धता जनाएकाले आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेका हौँ।’
उच्च ब्याजदर र चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनविरुद्ध देशभरका व्यवसायी करिब दुई महिनादेखि आन्दोलनमा थिए। मंसिर ४ को निर्वाचनको लागि भने उनीहरूले केही समयलाई आन्दोलन स्थगित गरेका थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 