कांग्रेस गण्डकी संसदीय दलको नेतामा पाण्डे र अर्यालबीच प्रतिस्पर्धा

हिमाल प्रेस १३ पुष २०७९ १५:४३
6
SHARES
कांग्रेस गण्डकी संसदीय दलको नेतामा पाण्डे र अर्यालबीच प्रतिस्पर्धा

पोखरा– नेपाली कांग्रेस गण्डकी प्रदेशसभामा संसदीय दलको नेताका लागि सुरेन्द्रराज पाण्डे र भोजराज अर्याल प्रतिस्पर्धामा छन्। प्रदेशसभा भवनस्थित दलको कार्यालयमा बुधबार जारी निर्वाचनमा मतदान प्रक्रिया दिउँसो ३ देखि ४ बजेसम्म तय भएको निर्वाचन समिति संयोजक विष्णुप्रसाद लामिछानेले जानकारी दिए।

गोरखा २ (ख) बाट निर्वाचित पाण्डे संस्थापन र स्याङ्जा २ (ख) निर्वाचित अर्याल अर्याल संस्थापनइतर पक्षका हुन्। ६० सदस्यीय प्रदेशसभामा कांग्रेसको २७ सिटमध्ये १४ जना संस्थापन पक्षीय छन्। यस पदको आकांक्षीमा संस्थापन पक्षका बिन्दुकुमार थापा (कास्की) र संस्थापनइतर पक्षका महेन्द्रध्वज जिसी (नवलपुर) भए पनि उनीहरूले पाण्डे र अर्याललाई नै सहयोग गर्ने बताउँदै मनोनयन दर्ता गरेनन्।

प्रकाशित: १३ पुष २०७९ १५:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 14 =