ब्याजदर घटाउन र चालु पुँजी कर्जा निर्देशिका रोक्न सीएनआईको अर्थमन्त्रीलाई सुझाव

हिमाल प्रेस १२ पुष २०७९ १८:५३ | Tuesday, December 27, 2022
ब्याजदर घटाउन र चालु पुँजी कर्जा निर्देशिका रोक्न सीएनआईको अर्थमन्त्रीलाई सुझाव

काठमाडौँ- नेपाल उद्योग परिसंघ (सीएनआई)का पदाधिकारीले नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर अर्थतन्त्र उकास्ने सुझाव दिएका छन्। मंगलबार अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले अर्थमन्त्रीसमक्ष मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानीयोग्य पुँजीको अभावजस्ता विषय तत्काल सम्बोधन गर्नुपर्ने सुझाव दिए।

सीएनआईको टोलीले उद्योगी व्यवसायीको घटेको मनोबल उकास्न तत्काल २ प्रतिशतसम्म प्रति महिना ब्याजदर घटाउने र चालु पुँजी कर्जा निर्देशिका पुराना ग्राहकका लागि २ वर्षसम्म स्थगित गर्न आग्रहसमेत गरेको छ।

आयात प्रतिस्थापन गर्ने उद्योगहरूलाई प्रोत्साहन गर्न, कार्यान्वयनमा नआएका ६ वटा औद्योगिक क्षेत्र भारतको रुद्रपुर औद्योगिक क्षेत्रको मोडलमा सार्वजनिक निजी साझेदारीमा सक्दो छिटो कार्यान्वयनमा लैजान पनि सीएनआईले सुझाव दिएको छ।

प्रकाशित: १२ पुष २०७९ १८:५३ | Tuesday, December 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast