‘चि मुसी चि’को ‘कथा’ गीत सार्वजनिक

हिमाल प्रेस १२ पुष २०७९ १५:४०
8
SHARES

काठमाडौँ- फिल्म ‘चि मुसी चिः इभन डेड डिजायर बिलङ्गिङ’ को पहिलो गीत ‘कथा’ सार्वजनिक भएको छ।

विराज गौतम र त्रिशला गुरुङको स्वर रहेको गीतमा रोहित शाक्य र विराज गौतमको संगीत रहेको छ। गीतमा शब्द सौरभ श्रेष्ठ र विराज गौतमका छन्।

फिल्ममा मुख्य भूमिकामा रहेका कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशी फिचर्ड छन्।

फिल्ममा उनीहरूबाहेक ऋचा शर्मा, बेनिशा हमाल, राजन खतिवडा, रविन्द्र झा, गौरव विष्ट, विज्ञ नेपाल, विभूति नेपाललगायत कलाकारको अभिनय छ।

हरर थ्रिलर फिल्मको मर्म बुझाउन ‘कथा’ गीत समावेश गरिएको निर्माण टिमले जनाएको छ। मार्ना जेम्स र यश सैनीको संयुक्त निर्देशनमा बनेको फिल्म पुस २२ मा प्रदर्शनमा आउनेछ।

प्रकाशित: १२ पुष २०७९ १५:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + ten =