पुस २५ मा संघीय संसद्‌को बैठक बोलाउने निर्णय

हिमाल प्रेस १२ पुष २०७९ ८:२९
6
SHARES
पुस २५ मा संघीय संसद्‌को बैठक बोलाउने निर्णय

काठमाडौँ- सरकारले संघीय संसद्को बैठक आह्वान गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी पुस २५ गते बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तीन उपप्रधानमन्त्रीसहित सात मन्त्रीले शपथ र पदभार ग्रहण गरेपछि सोमबार बेलुकी मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो। बैठकपछि पत्रकाहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले बैठकले प्रतिनिधिसभाको बैठक बोलाउने बारेमा पनि निर्णय गरेको बताएका थिए।

सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ। राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले सरकारको औपचारिक निर्णय प्राप्त भएलगत्तै संसदको अधिवेशन आह्वान हुने जानकारी दिए।

प्रकाशित: १२ पुष २०७९ ८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − two =