खस्कँदो अर्थतन्त्र सुधार्छु : अर्थमन्त्री पौडेल

हिमाल प्रेस ११ पुष २०७९ २२:०३
10
SHARES
खस्कँदो अर्थतन्त्र सुधार्छु : अर्थमन्त्री पौडेल फाइल तस्बिर- रासस

काठमाडौँ– नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले संकटको डिलमा रहेको मुलुकको अर्थतन्त्रको चुनौतीलाई समाधान गर्ने बताएका छन्। सोमबार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले चुनौतीको डिलमा रहेको अर्थतन्त्रलाई अर्थ क्षेत्रका विज्ञ तथा सरोकावालाहरू सबैको राय तथा विश्वको अनुभवलाई समेत लिए समस्या समाधानमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।

चुनौतीपूर्ण रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन धेरै मेहनत गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। अर्थतन्त्रका चुनौतीको कारण खोजेर, समाधानमा प्रभावकारी संवाद गर्दै पहिचान गरी सामाधान गर्ने भन्दै अर्थ जगतका सबैलाई अर्थतन्त्रका विषयमा चिन्तित नलिन आग्रह उनले आग्रह गरे।

अर्थतन्त्रमा देखिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कारणहरू केके हुन र समाधानका लागि कस्तो कदम चाल्नुपर्छ भन्ने विषयमा अर्थतन्त्रका जानकारहरूसँग छलफल र सहकार्य गर्दै समस्या पहिचान गर्ने र समाधान गर्ने जिम्मेबारीमा पूरा गर्ने उनको भनाइ छ।

अर्थतन्त्र सबल बनाउन मन्त्रालयका सबै सकारात्मक प्रयासमा सहयोग गर्नका लागि उनले रचनात्मक सल्लाह सुझाव दिनका लागि सबैसँग आग्रहसमेत गरेका छन्। अर्थमन्त्री पौडेलले अर्थमन्त्रीको पदबहाली गर्दै सरकारी दर्ता तथा चलानीलाई अनलाइन प्रणालीमा लैजाने पहिलो निर्णय गरेका छन्।

मन्त्रालयअन्तर्गतका विभिन्न विभाग र निकायमा हाल रहेको परम्परागत कार्यसञ्चालन र व्यवस्थापन प्रणालीलाई अनलाइन प्राणालीमा लैजाने निर्णयमा उनले हस्ताक्षर गरेका छन्।

प्रकाशित: ११ पुष २०७९ २२:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + sixteen =