नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा रञ्जिता

हिमाल प्रेस ११ पुष २०७९ ८:०४
8
SHARES
नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा रञ्जिता नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ। फाइल तस्बिर

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी चयन भएकी छन्।

उक्त दलको काठमाडौँमा यही पुस ८ र ९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष श्रेष्ठलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो। त्यस्तै, दलको प्रमुख सचेतकमा गंगाराम चौधरी र सचेतकमा अरुणकुमार चौधरीलाई चयन गरेको सो पार्टीले जानकारी दिएको छ।

केन्द्रीय समितिको निर्णयअनुसार सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलको नेतामा रामेश्वर चौधरीलाई चयन गरिएको छ भने प्रमुख सचेतकमा लक्ष्मणकिशोर चौधरी र सचेतकमा घनश्याम चौधरीलाई चयन गरिएको छ।

त्यसैगरी, लुम्बिनी प्रदेशसभामा दलको नेतामा धर्मबहादुर चौधरी, प्रमुख सचेतक राजकुमार चौधरी र सचेतकमा नरमाया ढकाललाई चयन गरिएको छ। मधेश प्रदेशसभामा उर्मिला सिंहलाई संसदीय दलको नेतामा छनोट गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 7 =