कांग्रेसले सरकार बनाउन नसकेपछि हामी अघि सरेका हौं : शंकर पोखरेल

हिमाल प्रेस १० पुष २०७९ १६:१६
14
SHARES
कांग्रेसले सरकार बनाउन नसकेपछि हामी अघि सरेका हौं : शंकर पोखरेल पत्रकारहरूसँग बोल्दै एमाले महासचिव पोखरेल। तस्बिर- हिमाल प्रेस

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसले सरकार गठन गर्न नसकेपछि दलहरूको नयाँ समीकरणले सरकार बनाउने भएको बताएका छन्। राष्ट्रपतिले सरकार गठनका लागि दाबी पेस गर्न दिएको समयसीमाभित्रै दाबी पेस गर्न नेपाली कांग्रेसले नसकेपछि एमालेसहित अन्य दलहरूले तादरुकता देखाउनु परेको पोखरेलको भनाइ छ।

‘सरकार गठनका लागि कांग्रेसले पहलकदामी, तादरुकता देखाउन नसकेपछि संविधानको धारा ७६ (२) अनुसार नै सरकार गठनका माओवादीसहितका दलसँग एमालेले सक्रियता देखाएको हो,’ एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा आइतबार (आज) बसेको बैठकपछि पोखरेलले भने।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टीले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने बैठकले निर्णय गरेको हो। प्रचण्डलाई प्रधानमन्त्री बनाउन यी दलहरूको १ सय ६६ जना सांसदको समर्थन रहेको उनले बताए।

प्रकाशित: १० पुष २०७९ १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 16 =