गठबन्धन बैठकअघि बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच छलफल

हिमाल प्रेस १० पुष २०७९ १२:०८
8
SHARES
गठबन्धन बैठकअघि बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच छलफल

काठमाडौँ- सत्ता गठबन्धनको बैठकअघि तीन शीर्ष नेताबीच बालुवाटारमा छलफल भइरहेको छ। अहिले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस) अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको हो। छलफलमा अहिले नेकपा (एस)का सम्मानित नेता झलनाथ खनालको पनि प्रवेश भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज (आइतबार) अपराह्न ५ बजे सकिने हुँदा त्यसअघि नै प्रधानमन्त्रीको उम्मेदवार छानेर सांसदहरूको बहुमत पुर्‍याउनु पर्ने गठबन्धनलाई बाध्यता छ। त्यसैले प्रधानमन्त्रीको टुंगो लगाउन गठबन्धनको बैठक डाकिएको छ।

बिहान १० बजे नै बैठक बस्ने भनिए पनि अहिलेसम्म बस्न सकेको छैन। नेपाली कांग्रेस र माओवादी केन्द्रबीच पहिलो दुई वर्ष कसले नेतृत्व गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन।

प्रकाशित: १० पुष २०७९ १२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − thirteen =