नेपाल टि२० लिग : उद्घाटन खेलमा काठमाडौँद्वारा पोखरा पराजित

हिमाल प्रेस ९ पुष २०७९ १२:३८
14
SHARES
नेपाल टि२० लिग : उद्घाटन खेलमा काठमाडौँद्वारा पोखरा पराजित

काठमाडौँ- अज्मतुल्लाह ओमारजाईले विष्फोटक ब्याटिङ गरेपछि काठमाडौँ नाइट्सले नेपाल टि२० क्रिकेट लिगको पहिलो खेलमा शनिबार पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा काठमाडौँले १९ ओभरमा पाँच विकेट गुमाएर १६२ रनको योगफल तयार पारेको थियो। पोखरा भने १३६ रनमा सीमित भयो।

विजयी टिमका लागि अफगानस्तानका अलराउन्डर ओमारजाईको अविजित ८५ रन जोडे। टि२० विश्वकप खेलेको अफगानी टिमका सदस्य रहेका ओमारजाईले ४२ बल सामना गर्दा सात छक्का र तीन चौका प्रहार गरे।

त्यसअघि ओपनर सन्तोष कार्कीलाई ३ रनमै गुमाएपछि काठमाडौँले खराब सुरुवात गरेको थियो। अर्का ओपनर भिरनदीप सिंह १५ बलमा १० रन बनाएर आउट भए भने कप्तान ज्ञानेन्द्र मल्ल शून्यमा सीमित हुँदा काठमाडौँ झनै अप्ठ्यारोमा प¥यो। सन्तोष ज्ञानेन्द्र किशोर अलराउन्डर प्रतिस जीसीको सिकार बने।

तेस्रो ओभरको समाप्तीमा ६÷२ को स्थितिमा रहेको काठमाडौँलाई इंग्लिस ब्याट्सम्यान एलेक्स ब्लेकले उकास्ने प्रयास गरेका थिए। उनले २२ बल सामना गर्दा २१ रन बटुल्न सके। उनलाई अफगानिस्तान जाहिर खानले आउट गरे। ब्लेकपछि जाहिरले आठौँ ओभरमै लोकेश बम (४) लाई पनि पभेलियन फर्काइदिए।

तर ओमारजाई र सुनम गौतमले टिकेर खेलेपछि काठमाडौँले आफ्नो इनिङ्स बलियो ढंगले अन्त्य ग¥यो। अविजित रहेका सुनमले २८ बलमा २७ रन प्रहार गरेका थिए।

श्रीलकंन ब्याट्सम्यान उपुल थरंगाले ४४ रन बटुले पनि पोखराले लक्ष्य भेट्न सकेन। ३४ बलमा ६ छक्का प्रहार गरेर अनुभवी ओपनर थंरगाले पोखरालाई बलियो सुरुवात दिलाए पनि बाँकी ब्याट्सम्यानको प्रदर्शन उल्लेखनीय रहेन।

पोखराका थप दुई विदेशी खेलाडी अमिर हम्जा र अभिमन्यु मिथुन १८–१८ रन बनाएर आउट भए। त्यसैगरी आरिफ शेखको नाममा २० रन रह्यो। एकै ओभरमा आउट भएका मिथुन र आरिफको विकेट अभिनाष बोहोराले लिए। सिद्धान्त लोहनी सात बलमा १३ रन बनाएर बाहिरिए भने कप्तान शरद भेस्वाकर ६ रनमा अविजित रहे।

प्रकाशित: ९ पुष २०७९ १२:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =