प्रतिनिधिसभा : शपथअघि सर्वदलीय बैठक

हिमाल प्रेस ७ पुष २०७९ ८:०४
2
SHARE
प्रतिनिधिसभा :  शपथअघि सर्वदलीय बैठक

काठमाडौँ- प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज शपथ ग्रहण गर्दैछन्। शपथ ग्रहणका लागि तयारी अन्तिम चरणमा पुगेको संघीय संसद् सचिवालयले जनाएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबरालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन्।

जबराले प्रतिनिधि सभाका अरू नव निर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ। जबराले नयाँ बानेश्वरमा रहेको संसद् भवनमा आज दिउँसो १ बजे सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराउने छन्।

शपथअघि ज्येष्ठ सदस्य जबराले बिहान १२ बजे सर्वदलीय बैठक बोलाएका छन्। शपथलाई व्यवस्थित बनाउन भन्दै जबराले सर्वदलीय बैठक आह्वान गरेका हुन्।

बैठकमा राष्ट्रिय दलको मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधि, अन्य दलका प्रतिनिधि तथा स्वतन्त्र सांसदको पनि सहभागिता रहनेछ।

प्रतिनिधि सभामा १२ वटा राजनीतिक दलहरुको प्रतिनिधित्व छ भने ७ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन्।

प्रकाशित: ७ पुष २०७९ ८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 16 =