खोटाङमा विशाल भट्टराई पराजित, माओवादी केन्द्रका रामकुमार राई विजयी

हिमाल प्रेस ८ मंसिर २०७९ १४:४३ | Thursday, November 24, 2022
खोटाङमा विशाल भट्टराई पराजित, माओवादी केन्द्रका रामकुमार राई विजयी

इटहरी- खोटाङमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई पासाङ निर्वाचित भएका छन्।

वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट उठेका राईले एमालेका विशाल भट्टराईलाई दुई हजार ६६९ मतले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। राईले ३१ हजार ३५१ मत पाउँदा भट्टराईले २८ हजार ६८२ भत पाएका छन्।

निर्वाचन परिणामअनुसार जसपाका कृष्णकुमार राईले एक हजार ९१४, राप्रपाका सर्जु श्रेष्ठले एक हजार ७१६ मत पाएका छन्।

प्रकाशित: ८ मंसिर २०७९ १४:४३ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast