एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै, त्यसअघि एजेन्डा तय गर्न सचिवालय बस्दै

हिमाल प्रेस ५ असोज २०८३ ८:३३ | Monday, September 21, 2026
2
SHARE
एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै, त्यसअघि एजेन्डा तय गर्न सचिवालय बस्दै

काठमाडौँ- नेकपा एमाले केन्द्रीय सचिवालय बैठक सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। हिजोदेखि सुरु भएको सचिवालय बैठकको निरन्तरता आज हुन लागेको हो।

एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार निर्वाचन समीक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि हिजोको सचिवालय बैठक स्थगित भएको थियो। सोही बैठकको निरन्तरता आज बिहान बस्न लागेको हो।

सचिवालय बैठकले आजैदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने जनाइएको छ।

यसैबिच, एमाले केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजेदेखि ललितपुरको भैंसेपाटीस्थित रामवाग पार्टी प्यालेसमा सुरु हुँदैछ। फागुनमा सम्पन्न निर्वाचनपछि पहिलोपटक बस्न लागेको केन्द्रीय कमिटी बैठकमा सबै केन्द्रीय सदस्यलाई धारणा राख्न समय उपलब्ध गराउने तयारी एमालेले गरेको छ।

प्रकाशित: ५ असोज २०८३ ८:३३ | Monday, September 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast