एमाले केन्द्रीय कमिटीको तेस्रो दिन : ओलीले पोलिटव्यूरो र स्थायी कमिटी गठन गर्ने

हिमाल प्रेस ७ असोज २०८३ ७:४३ | Wednesday, September 23, 2026
4
SHARES
एमाले केन्द्रीय कमिटीको तेस्रो दिन : ओलीले पोलिटव्यूरो र स्थायी कमिटी गठन गर्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले ९ बजेबाट सुरु हुदैछ । बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ।

पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार हिजोसम्म ११८ जना केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदन माथि धारणा राखिसकेका छन् भने आज बाँकी सदस्यहरुले धारणा राख्ने छन्। केन्द्रीय सदस्यहरूलाई बोल्नका तीन् मिनेटको समय उपलब्ध गराइएको छ। बैठकमा विभिन्न ९ वटा एजेन्डामा माथि बहस भइरहेको छ ।

आचार्यका अनुसार आज अबरेसम्ममा सबै केन्द्रीय सदस्यले धारणा राखिसकेपछि भोलि पार्टी सचिवालयको बैठक बस्ने तयारी छ। सचिवालय बैठकले केही मह्त्वपूर्ण निर्णय गर्ने र उक्त निर्णयहरु अनुमोदनका लागि पुन केन्द्रीय समितीमा प्रष्तुत गरिने आचार्यले बताए। पार्टीभित्र मतभेदका बीच सुरु भएको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा अधिकांस सदस्यहरुले समर्थन जनाएका छन् ।

एमालेको जारी बैठकले केन्द्रीय सदस्य मनोनय,पोलिटव्युरो र स्थायी कमिटी गठन गर्ने एजेन्डा पनि छन् ।

प्रकाशित: ७ असोज २०८३ ७:४३ | Wednesday, September 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast