प्रदीप यादव २२ हजार मतसहित निर्वाचित हुँदा लक्ष्मणलाल कर्णले ल्याए एक हजार

हिमाल प्रेस ७ मंसिर २०७९ १७:५२
28
SHARES
प्रदीप यादव २२ हजार मतसहित निर्वाचित हुँदा लक्ष्मणलाल कर्णले ल्याए एक हजार

काठमाडौँ– जनता समाजवादी पार्टीले पनि प्रतिनिधिसभामा खाता खोलेको छ। पर्सा १ मा जसपाका यादवले यसपटक पनि चुनाव जितेका हुन्। उनी २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

केहीबेर अघि सकिएको मतगणनामा यादवले २२ हजार ५३७ मत ल्याएका छन्। दोस्रोमा रहेका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले २० हजार ९ सय १७ मत पाएका छन्। उनी कांग्रेसबाट विद्रोह गरेर उम्मेदवार बनेका हुन्।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लोसपाका लक्ष्मणलाल कर्णले १ हजार १ सय १७ मत मात्र पाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − one =