सुनसरी १ मा माओवादीका उम्मेदवार मुक्सामहाङको अग्रता

हिमाल प्रेस ७ मंसिर २०७९ १२:२८
8
SHARES
सुनसरी १ मा माओवादीका उम्मेदवार मुक्सामहाङको अग्रता

काठमाडौँ- सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार मुक्सामहाङ मेन्याङ्बोले अग्रता कायमै राखेका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार मेन्याङ्बोले ३ हजार १७५ मत ल्याएका छन्।

नेकपा एमालेको समर्थन पाएका जनता समाजवादी पार्टीका अशोककुमार राईले २ हजार ७६४ मत पाएका छन्। मेन्याङ्बो ४११ मतले राईभन्दा अगाडि छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीकी उमेदवार गोमा तामाङ २ हजार ४२८ मतसहित तेस्रो स्थानमा रहेकी छन्। राप्रपाका अशोक राई (अविरल)को १ हजार ५९४ र स्वतन्त्र उमेदवार मनोज मेन्याङ्बोको १ हजार ३९६ मत रहेको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म कूल १५ हजार २०५ मतगणना सकिएको छ। हालसम्म १ हजार १५८ मत बदर भएको छ।

 

प्रकाशित: ७ मंसिर २०७९ १२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =