सुर्खेत-२ : कांग्रेसका उम्मेदवार तीन हजार बढी मतले अगाडि

हिमाल प्रेस ६ मंसिर २०७९ १७:४७
12
SHARES
सुर्खेत-२ : कांग्रेसका उम्मेदवार तीन हजार बढी मतले अगाडि

सुर्खेत- सुर्खेत क्षेत्र नम्बर २ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका हृदयराम थानीले अग्रता कायम राखेका छन्। पछिल्लो मत परिणाम अनुसार ४० हजार ९ सय ५९ मत गणना गर्दा थानीले १८ हजार ७ सय ७८ मत प्राप्त गरेर अगाडी छन्। भने एमालेका अमृत कुमार विसीले १५ हजार ५ सय ८८ मत ल्याएर उनलाई पछ्याइरहेएका छन्।

थानी विसीभन्दा ३ हजार एक सय ९० मत अगाडी छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले २ हजार ३ सय ६ मत प्राप्त गर्दा राप्रपाले एक हजार ५ सय ५२ मत प्राप्त गरेको छ।

त्यसैगरी, जनता समाजवादी पार्टीले २ सय ७९ मत ल्याउँदा नेपाल मजदुर किसान पार्टीले एक सय ४३ मत ल्याएको छ। केही स्वतन्त्रले पनि मत प्राप्त गरेका छन्। सुर्खेत क्षेत्र नम्बर २ को गणनामा अहिलेसम्म २ हजार ६४ मत बदर भएका छन्।

प्रकाशित: ६ मंसिर २०७९ १७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =