गोरखामा सुरु हुन सकेन मतगणना, एमालेसहित ८ दलले गरे पुन: मतदानको माग

हिमाल प्रेस ५ मंसिर २०७९ १५:२३
150
SHARES
गोरखामा सुरु हुन सकेन मतगणना, एमालेसहित ८ दलले गरे पुन: मतदानको माग

काठमाडौँ- गोरखामा अझै मतगणना सुरु हुन सकेको छैन। नेकपा एमालेसहितका दलले माओवादीले फर्जी मतदान गरेको आरोप लगाउँदै पुन: मतदानको माग गरेपछि गोरखाको क्षेत्र नम्बर १ र २ दुवैको मतगणना सुरु हुन नसकेको हो।

८ दलका उम्मेदवारहरूले माओवादी र कांग्रेसका उम्मेदवारले फर्जी मत खसालेको आरोप लगाएका छन्। उनीहरूले विभिन्न मतदान केन्द्रमा पुन: मतदानको माग गरेका छन्।

एमालेका क्षेत्र २ का उम्मेदवार अब्दुस मियाँ, प्रदेशसभा २’१’ का एमालेका उम्मेदवार उम्मेदवार राजु राना, प्रदेशसभा २’२’ का एमालेका उम्मेदवार वसन्तकुमार गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कविन्द्र बुर्लाकोटी, स्वतन्त्र उम्मेदवार बिलबहादुर तामाङ, राप्रपाका राजेन्द्रविक्रम शाह, परिवार दलका रविन्द्र थापा, हाम्रो नेपाली पार्टीका सरोजराज गिरी र राप्रपा नेपालका कुलबहादुर बस्नेतले संयुक्त विज्ञप्ति जारी गर्दै पुन: मतदानको माग गरेका हुन्।

गोरखा २ मा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गोरखा १ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बजगाईं उम्मेदवार छन्।  गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले दलहरूसँग छलफल जारी रहेको र गणनाको तयारी भइरहेको बताए। ‘अहिलेसम्म गणना भएको छैन, ‘ उनले हिमालप्रेससँग भने, ‘ दलहरूसँग छलफल भइरहेको छ।’

प्रकाशित: ५ मंसिर २०७९ १५:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =