ललितपुरका ३ वटै क्षेत्रमा एमालेको अग्रता

हिमाल प्रेस ५ मंसिर २०७९ १३:१८
8
SHARES
ललितपुरका ३ वटै क्षेत्रमा एमालेको अग्रता

काठमाडौँ- ललितपुरका तीनवटै क्षेत्रमा एमालेले अग्रता लिएको छ।

क्षेत्र नं. १ मा एमालेका नवराज सिलवाल १ हजार २९५, २ मा प्रेमबहादुर महर्जन ५ हजार ७७८ र ३ मा अमृत खड्का ८१३ मतका साथ अग्रस्थानमा छन्।

क्षेत्र नं. १ मा कांग्रेसका उदयशमशेर जबरा ७०५ मत ल्याएर सिलवाललाई पछ्याइरहेका छन्। त्यस्तै क्षेत्र नं. २ मा हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ४ हजार ६०० र राप्रपाका रघुवरराज थापाले ३ हजार ४३४ मत ल्याएका छन्।

क्षेत्र नं. ३ मा माओवादी केन्द्रकी पम्फा भुसाल ७१६ र राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ७०७ मत ल्याएका छन्।

प्रकाशित: ५ मंसिर २०७९ १३:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seven =