बैतडी जिप दुर्घटना अपडेट : मृतक ४ जनाकै सनाखत

हिमाल प्रेस ५ मंसिर २०७९ ११:२५
10
SHARES
बैतडी जिप दुर्घटना अपडेट : मृतक ४ जनाकै सनाखत

धनगढी- बैतडीमा भएको जिप दुर्घटनामा मृत्यु हुने चारै जना प्रहरीको सनाखत भएको छ।

मृत्यु हुनेमा प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, दीर्घ विष्ट र प्रहरी चौकी धामीगाउँका प्रहरी जवान रमेशसिंह साउद रहेको बैतडी प्रहरीले जनाएको छ।

सोमबार बिहान पाटन नगरपालिका-४ को थुममा प्रहरी सवार से १ ज ८५४ नम्बरको जिप दुर्घटना भएको थियो।

दुर्घटनामा ९ जना घाइते भएका छन्। दुई जनाको अवस्था गम्भीर छ।

प्रकाशित: ५ मंसिर २०७९ ११:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 6 =