सकियो मतदानको समय

हिमाल प्रेस ४ मंसिर २०७९ १७:०७
30
SHARES
सकियो मतदानको समय

काठमाडौँ- देशभर मतदानको समय सकिएको छ। आज एकै चरणमा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गतको मतदानको समय सकिएको हो। तर दाङको वनगाउँ माविको मतदान केन्द्रसहित केही स्थानबाहेकका ठाउँमा भने साझँ अबेरसम्म मतदान हुनेछ। वन गाउँ माविको मतदान केन्द्रमा साँझ ७ बजेसम्म नै मतदान हुनेछ। अन्य ठाउँमा बिहान ७ बजेदेखि सुरु भएको मतदानको समय साँझ ५ बजे सकिएको छ।

मतदान सकिएसँगै सर्वदलीय बैठक बस्नेछ। बैठक बसेर मुचुल्का गरी मतपेटिका मतगणना स्थलसम्म लगिने छ। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तले दिनेककुमार थपलियाले राति ८ बजेदेखि मतगणना सुरु हुने बताएका छन्।

देशभर जम्म एक करोड ७९ लाख ८८ हजार पाँचसय ७० जना मतदान छन्। प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिक गरी २७४ र प्रदेशसभातर्फ ५५० सदस्य निर्वाचित हुँदैछन्। देशभर ११ हजार पाँचसय ४३ जना उम्मेदवार चुनावी मैदानमा छन्।

प्रतिनिधसभातर्फ दुई हजार चारसय १२ जना प्रत्यक्षतर्फ र समानुपातिकतर्फ दुई हजार एकसय ९९ जना उम्मेदवार छन्। प्रदेशसभातर्फ प्रत्यक्षमा तीन हजार दुई सय ३४ जना र समानुपातिकतर्फ तीन हजार सातसय ८ जना उम्मेदवार छन्। देशभर १० हजार आठ हजार ९२ मतदान स्थल छन् भने २ हजार दुई सय २७ वटा मतदान केन्द्र छन्।  देशका केही जिल्लामा भने दलका कार्यकर्ताबीच झडप भयो। कतै मतदान प्रक्रिया नै प्रभावित भएर पुन: सुरु भए।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार ठाउँमा ठाउँमा निर्वाचन बिथोल्ने प्रयास भए पनि शान्तिपूर्ण निर्वाचन भएको छ। ११ जिल्लामा निर्वाचन बिथोल्ने गतिविधि भएको प्रहरीले जनाएको छ। यी जिल्लामा निर्वाचन बिथोल्नेलाई नियन्त्रणमा लिई पुन: मतदान सुरु गर्न १०२ राउन्ड हवाई फायर पनि प्रहरीले गरेको छ। ११ जिल्लाका २४ मतदान केन्द्रमा १०२ राउन्ड हवाइ फायर भएको हो।

दोलखा, कन्चनपुर, रौतहट, सिराहा, चितवन, डोटी, हुम्ला, दार्चुला, बझाङ, ताप्लेजुङ, स्याङ्जामा हवाई फायर भएको थियो।७५ स्थानमा मतदानबारे विवाद र झडप भएको छ। विवादपछि रोकिएर ६० बढी स्थानमा मतदान पुन: सुरु भएका थिए। समय सकिए पनि लाइनमा बसेकाहरूले भने भोट खसाल्न पाउनेछन्।

प्रकाशित: ४ मंसिर २०७९ १७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twenty =