दोलखाको तामाकोशी मतदान केन्द्रमा झडप, प्रहरी घाइते

प्रहरीद्वारा १५ राउन्ड हवाई फायर

हिमाल प्रेस ४ मंसिर २०७९ १५:२४
24
SHARES
दोलखाको तामाकोशी मतदान केन्द्रमा झडप, प्रहरी घाइते

काठमाडौँ- दोलखाको तामाकोशी गाउँपालिकाको मतदान केन्द्रमा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। झडप नियन्त्रणको क्रममा एक प्रहरी पनि घाइते भएका छन्। दलका कार्यकर्ता प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। ढुंगा प्रहारबाट केही प्रहरी घाइते भएका छन्।

बागमती प्रहरी प्रमुख डीआईजी किरण बज्राचार्यका अनुसार अहिले मतदान केन्द्रको सुरक्षामा प्रहरी, सेना, सशस्त्र तथा म्यादी प्रहरी तैनाथ गरिएको छ। प्रहरीले १५ राउन्ड हवाई फायर गरेको उनले जानकारी दिइन्।

प्रहरीमाथि दलका कार्यकर्ताहरूले ढुंगा प्रहार गरेको उनले जानकारी दिइन्।

प्रकाशित: ४ मंसिर २०७९ १५:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =