काठमाडौँमा साढे ५ हजार सुरक्षाकर्मी परिचालन

हिमाल प्रेस २ मंसिर २०७९ ९:३०
काठमाडौँमा साढे ५ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ- काठमाडौँमा निर्वाचनका लागि ५ हजार ७ सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, भयरहित र शान्तपूर्ण रूपमा सम्पन्न गर्न सो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि सुरू भइसकेको छ। निर्वाचन  शान्तपूर्ण रूपमा सम्पन्न गर्न संवेदनशील मतदानस्थलमा केन्द्रीय सुरक्षा नीतिअनुसार प्रहरी परिचालन गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न काठमाडौँका ३ सय २० मतदानस्थल र ७ सय ५७ मतदान केन्द्रमा २ हजार ५ सय नेपाल प्रहरी र ३ हजार २ सय ७९ म्यादी प्रहरी परिचालन गरिएको जानकारी दिए।

काठमाडौँको क्षेत्र नं १ मा नेपाल प्रहरी १११, म्यादी प्रहरी २१८, क्षेत्र नं २ मा नेपाल प्रहरी २१७, म्यादी प्रहरी ४०१, क्षेत्र नं ३ मा नेपाल प्रहरी १६४, म्यादी प्रहरी २९०, क्षेत्र नं ४ मा नेपाल प्रहरी १८१, म्यादी प्रहरी ३३९, क्षेत्र नं ५ मा नेपाल प्रहरी १७८ र म्यादी प्रहरी ३२९ परिचालन गरिएको छ।

यस्तै क्षेत्र नं ६ मा नेपाल प्रहरी १६९, म्यादी प्रहरी ३१७, क्षेत्र नं ७ मा नेपाल प्रहरी १५९, म्यादी प्रहरी २९३, क्षेत्र नं ८ मा नेपाल प्रहरी १३८, म्यादी प्रहरी २४४, क्षेत्र नं ९ मा नेपाल प्रहरी १९२, म्यादी प्रहरी ३५३ र क्षेत्र नं १० मा नेपाल प्रहरी २२६ र म्यादी प्रहरी ४२० परिचालन गरिएको प्रवक्ता मैनालीले बताए।

यसका साथै नेपाल प्रहरीले काठमाडौँमा निर्वाचनलाई मध्यनजर गर्दै मोबाइल गस्ती, सादा पोसाकमा प्रहरी परिचालन, आचारसंहिता उल्लंघन अनुगमन, नाकामा सुरक्षा जाँच  गर्दै आएको छ। निर्वाचनको मिति नजिकिएसँगै नेपाल प्रहरीले रात्रिकालीन सुरक्षा जाँचलाई समेत कडाइ गरेको छ।

प्रकाशित: २ मंसिर २०७९ ९:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =