महानायकलाई ‘महानायक’ सम्मान दिइने

हिमाल प्रेस ३० कार्तिक २०७९ ४:२२
महानायकलाई ‘महानायक’ सम्मान दिइने

काठमाडौँ- अभिनेता राजेश हमाललाई ‘महानायक’ को सम्मान प्रदान गरिने भएको छ। आयोजक प्रियसी म्युजिक प्रालिका अनुसार एपिक नेपाल म्युजिक अवार्ड २०७९ को चौथो संस्करणको अवसरमा हमाललाई सो सम्मान दिइनेछ।

१ लाख १ हजार १११ रुपैयाँसहित ‘महानायक’को सम्मान प्रदान गरिने आयोजकले जनाएको छ। भक्तपुर, सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिका-४ को सहकार्यमा कार्यक्रम आगामी माघ ७ मा हुनेछ।

यसअघि टेलिभिजन कार्यक्रम रजतपटले हमाललाई ‘महानायक’को उपाधि दिएको थियो।

प्रकाशित: ३० कार्तिक २०७९ ४:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 9 =