सहरमा आज

हलमा पाँच नेपाली फिल्म, थिएटरमा तीन नाटक

हिमाल प्रेस २२ वैशाख २०८१ ६:४२
142
SHARES
हलमा पाँच नेपाली फिल्म, थिएटरमा तीन नाटक

काठमाडौँ- आज (शनिबार) काठमाडौँ उपत्यकाका हलहरूमा नेपाली फिल्मको वर्चश्व छ। उच्च सोसहित हलमा उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’ र केकी अधिकारीको ‘बोक्सीको घर’ को प्रतिस्पर्धा चलिरहेको छ। अन्य फिल्म ‘महाजात्रा’, ‘डिग्री माइला’, द रेड सुटकेस पनि हलहरूमा प्रदर्शन भइरहेको छ।

त्यस्तै नाटकघरमा ‘बाखाम्माः मुन्दुममा मान्छे’, ‘ए आई’ र ‘टिकट टु हलिउड’ गरी तीन नाटक मञ्चनरत छ। फुर्सदमा हुनुहुन्छ भने उपत्यकामा हुने मनोरञ्जनात्मक गतिविधि तपाईंको लागि उपयुक्त हुन सक्छ।

हेरौं कहाँ के हुँदैछ?

श्यामकृष्ण महर्जनको एकल पौभा चित्रकला प्रदर्शनी

ललितपुरस्थित पाटन सङ्ग्रहालयमा कलाकार श्यामकृष्ण महर्जन (श्याम ज्यापू) को तीन दिने एकल पौभा चित्रकला प्रदर्शनी चलिरहेको छ। प्रदर्शनीको आज अन्तिम दिन हो।

प्रदर्शनीमा ज्यापूले कोरेका ३२ वटा हिन्दू तथा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न देवदेवीका पौभा चित्र राखिएको छ।

नाटकघरमा तीन नाटक

मण्डला थिएटरमा ‘बाखाम्मा : मुन्दुममा मान्छे’

थापागाउँस्थित मण्डला थिएटरमा वैशाख १४ देखि नाटक ‘बाखाम्माः मुन्दुममा मान्छे’ मञ्चन भइरहेको छ। किरण चाम्लिङ राईको निर्देशनमा बनेको नाटकमा किरात राईको सभ्यता, संस्कृति र इतिहासलाई प्रस्तुत गरिएको छ।

नाटक राजन मुकारुङले लेखेका हुन्। केन्द्र मोसन्सको प्रस्तुति रहको नाटकमा एलिशा राई, अनिल सुब्बा, बेदना राई, विष्णु मोक्तान, मानहाङ लावती, प्रतिना राई, शायोक मुकारुङ, पुनम लक्ष्मी मगर, ज्वाला राई, रमिला मोक्तान, याङ्साङ मुकारुङ, रमिता राई, सचिन रत्न, साङ्मी सुनुवार, प्रशंसा गुरुङ, शिसम बान्तावा, शुभम चाम्लिङ, रविन दोङ, रोशन लोहोरुङ राई, सबनम राई, सुजना राई, प्रशान्त वाइबा र मानबहादुर राइको अभिनय छ।

सोमबारबाहेक साताको प्रत्येक दिन बेलुका साढे ५ बजे मञ्चन भइरहेको नाटक शुक्रबार, शनिबार र आइतबार राति साढे ७ बजेको अतिरिक्त सो पनि हुनेछ।

शिल्पी थिएटरमा ‘एआई’

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा वैशाख १३ गतेदेखि नाटक ‘ए आई’ मञ्चन भइरहेको छ। पवित्रा खड्काले निर्देशन गरेको नाटक मञ्चनको आज अन्तिम दिन हो। शनिबार दिउँसो १ बजे र साँझ साढे ५ बजे नाटक मञ्चन हुनेछ।

एक्रो थिएटरको प्रस्तुति रहेको नाटकमा शिल्पीका प्रशिक्षार्थीहरूले तयार पारेका हुन्। जसमा सुवेक्षा पनेरु, विशाल पुलामी, विजय ढुंगेल, विष्णु श्रेष्ठ, सुमन राई र सुशान्त दाहालको अभिनय छ। नाटकमा संगीता उराँवको वेषभूषा, अनुप तिमल्सिना र गोविन्द ओलीको संगीत र प्रेम चन्द पाण्डेको संयोजन छ। यो फिजिकल नाटक हो।

मण्डलामै ‘टिकट टु हलिउड’

मण्डलाकै सानो स्टुडियोमा वैशाख ८ देखि नाटक ‘टिकट टु हलिउड’ मञ्चन भइरहेको छ। २३ गतेसम्म मञ्चन हुने नाटकका निर्देशक सागर खाती कामी हुन्। सागरकै लेखन रहेको नाटकमा दुई पात्रको संघर्षमार्फत युवाहरूको बढ्दो बिदेसिने प्रवृत्तिलाई कमेडीमा शैलीमा प्रस्तुत गरिएको छ।

पिलो प्लानरको प्रस्तुति रहेको नाटकमा कलाकार मिलन कार्की र सुदीप खतिवडाको अभिनय छ। सोमबार बाहेक साताको प्रत्येक दिन दिउँसो ४ बजे मञ्चन भइरहेको नाटक शुक्रबार, शनिबार र आइतबार राति साढे ७ बजेको अतिरिक्त सो पनि हुनेछ।

हलमा पाँच नेपाली फिल्म

मनसरा

फिल्म ‘मनसरा’ वैशाख २१ देखि प्रदर्शन भइरहेको छ। उपेन्द्र सुब्बा निर्देशित फिल्मले निःसन्तान दम्पतीको व्यथा, समयक्रममा हराएका पात्रको पुनर्मिलनको कथा प्रस्तुत गरेको छ।

निर्देशक उपेन्द्र सुब्बाकै लेखन रहेको फिल्ममा प्रविण खतिवडा, मिरुना मगर, मेनुका प्रधान, नेनहान राई, दयाहाङ राई, हेमन्त बुढाथोकी, शान्ति गिरी, विप्लव प्रतीकलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मल, सिभिल मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, राइजिङ मल र दरबार सिनेम्याक्समा फिल्मको २७ सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, सीडीसी सिनेमाज, बीएसआर मुभिज, बिग मुभिज, सिके सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, सिटी सिनेमाज फिल्म ‘मनसरा’ चलिरहेको छ।

बोक्सीको घर

वैशाख १४ देखि हलमा फिल्म ‘बोक्सीको घर’ प्रदर्शन भइरहेको छ। समाजका अबला नारीमाथि बोक्सीका नाममा गरिने सामाजिक अन्यायको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ। फिल्मको मुख्य भूमिकामा केकी अधिकारी छन्।

केकीले नै निर्माण गरेको फिल्म सुरक्षण भारतीले निर्देशन गरेका छन्। हरर मिस्ट्री जनरामा बनेको फिल्ममा केकी र निर्देशक भारतीसहित स्वेच्छा राउत, शुपला सापकोटा र रमा थपलिया, सुस्मा निरौला, जीवन बराल, सविन बास्तोलालगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मल, राइजिङ मल, सिभिल मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर र दरबार सिनेम्याक्समा फिल्मको २७ सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, सीडीसी सिनेमाज, एफक्यूब सिनेमाज, सिके सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, सिटी सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘बोक्सीको घर’ चलिरहेको छ।

द रेड सुटकेस

फिल्म फिडेल देवकोटा निर्देशित फिल्म ‘द रेड सुटकेस’ गतवर्ष चैत ३० देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्म वैदेशिक रोजगारी लागि बिदेसिएका नेपालीका शव पुर्‍याउने एक ड्राइभरको दैनिकीमा आधारित छ।

फिल्ममा कलाकार सौगात मल्ल, प्रवीण खतिवडा, सृष्टि श्रेष्ठ, विपिन कार्कीलगायत कलाकारको अभिनय छ। शनिबार उपत्यकाको रञ्जना सिनेप्लेक्स, सीडीसी सिनेमाजमा फिल्म ‘द रेड सुटकेस’ चलिरहेको छ।

डिग्री माइला

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘डिग्री माइला : एम ए थर्ड क्लास’ गत वर्ष चैत ३० देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्ममा डिग्री पास गरेपछि अहमताले भरिएको माइलो पात्र, समाजले ऊसँग राखेको अपेक्षा र उसले शिक्षक बन्न गरेको संघर्ष प्रस्तुत गरिएको छ।

अभिनेता दयाहाङ राई मुख्य भूमिका रहेको फिल्ममा अन्य कलाकार आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ।

शनिबार उपत्यकाको रञ्जना सिनेप्लेक्स, बीएसआर मुभिज, एफक्यूब सिनेमाज, सिके सिनेमाजमा फिल्म ‘डिग्री माइला : एम ए थर्ड क्लास’ चलिरहेको छ।

महाजात्रा

गत चैत ९ गतेदेखि फिल्म ‘महाजात्रा’ सातौं सातामा प्रदर्शन भइरहेको छ। यो सन् २०१६ मा प्रदर्शन भएको फिल्म ‘जात्रा’ को तेस्रो श्रृंखला हो। अघिल्ला श्रृंखलाजस्तै यसमा अकस्मात् आइलागेको धनलाई लुकाउन तीन पात्रले गर्ने संघर्षको कथामा प्रस्तुत गरिएको छ।

साथै हाँसो र संवेदना मिश्रित गरिएको फिल्मले राजनीति र भ्रष्टाचारविरुद्ध कटाक्ष पनि गरेको छ। फिल्ममा विपिन कार्की, रविन्द्र झा र रविन्द्रसिंह बानियाँ, हरिवंश आचार्य, वर्षा राउतलगायत कलाकारको अभिनय छ। फिल्म प्रदीप भट्टराईको लेखन र निर्देशनमा बनेको छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, सिभिल मल र छाया सेन्टरमा फिल्मको ३ सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिएसआर मुभिज, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सिके सिनेमाजमा फिल्म ‘महाजात्रा’ चलिरहेको छ।

हलिउड फिल्म ‘द फल गाइ’

डेभिड लिच निर्देशित हलिउड फिल्म ‘द फल गाइ’ पनि वैशाख २१ देखि नेपालका हलकहरुमा प्रदर्शन भइरहेको छ। एक्सन, कमेडी र ड्रामा जनरामा बनेको फिल्ममा रायन गोस्लिङ, एमिली ब्लन्ट, हन्ना वडिङ्हमलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्स, राइजिङ मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर र लबिम मलमा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, सीडीसी सिनेमाज, एफक्यूब सिनेमाज, बिग मुभिज, सीके सिनेमाज, विश्वज्योति सिनेप्लेक्समा हलिउड फिल्म ‘द फल गाइ’ चलिरहेको छ।

कुङफु पाण्डा ४

फागुन २५ देखि नेपालमा हलिउड फिल्म ‘कुङफु पाण्डा’को चौथो भाग प्रदर्शन भइरहेको छ। एक्सन एडभेन्चर, कमेडी र पारिवारिक जनरामा बनेको छ। फिल्मका निर्देशक माइक मिचेल र स्टेफनी स्टाइन हुन्।

फिल्ममा एन्जेलिना जोली, ज्याक ब्ल्याक, ज्याकी च्यान, सेठ रोजेन, लुसी लिउ, डस्टिन होफम्यान, डेभिड क्रसलगायको अभिनय छ।

उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टरमा फिल्मको एक सो छ।

क्रू

बलिउड फिल्म ‘क्रू’ पनि चैत १६ देखि नेपालमा प्रदर्शन भइरहेको छ। कमेडी र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक राजेश कृष्णन हुन्। फिल्ममा तब्बु, करिना कपुर र कृति सेननलगायत कलाकारको अभिनय छ। शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्समा फिल्मको एक सो छ।

प्रकाशित: २२ वैशाख २०८१ ६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 10 =