दाङमा फरार प्रतिवादी खोजतलास अभियान

हिमाल प्रेस ९ पुष २०८२ ८:२९ | Wednesday, December 24, 2025
8
SHARES

दाङ- फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी खोजतलास अभियान सञ्चालन गरेको छ।

यसक्रममा एक साताको अवधिमा २७ जना फरार प्रतिवादी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए। उनका अनुसार यही पुस १ देखि पुस ७ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोली खटिएर गरिएको खोजतलासका क्रममा विभिन्न मुद्दाका २७ जना फरार प्रतिवादी पक्राउ परेका हुन्।

प्रवक्ता शाहका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट जम्मा तीन लाख ७६ हजार ८५३ जरिवाना असुल गर्नुपर्ने देखिएको छ। साथै उनीहरूलाई जम्मा चार वर्ष छ महिना १५७ दिन कैद सजाय तोकिएको छ। पक्राउ परेका प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि दाङ देउखुरी जिल्ला अदालतमा पठाइएको पनि प्रवक्ता शाहले जानकारी दिए।

प्रकाशित: ९ पुष २०८२ ८:२९ | Wednesday, December 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast