नेपाली सेनाको उपरथीमा बढुवा भएपछि २०७५ फागुन १ गते ताराध्वज पाण्डेलाई दर्ज्यानी चिह्न लगाइदिँदै तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापा। फाइल फोटो जंगीअड्डा
काठमाडौँ– नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्। उमेर विवादमा मुछिएका पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मासमक्ष राजीनामा पत्र बुझाएका हुन्। नेपाली सेनाको जङ्गी अड्डाले भावी प्रधानसेनापतिका रुपमा अघि बढाउँदै रथीमा बढुवा सिफारिस भएका पाण्डेको उमेरबारे विवाद आएको थियो।
यसअघि पाण्डेको उमेरसम्बन्धी विवाद छानबिन गर्न सेनाले रथी सीताराम खड्काको नेतृत्वमा समिति गठन गरेको थियो।
प्रकाशित: २४ कार्तिक २०८० १४:५७ | Friday, November 10, 2023
प्रतिक्रिया




