हत्या अभियोगमा लक्ष्मी पक्राउ

हिमाल प्रेस २३ कार्तिक २०८० १८:४२ | Thursday, November 9, 2023
हत्या अभियोगमा लक्ष्मी पक्राउ

काठमाडौँ- अछाममा १८ वर्षीय किशोरको हत्यामा संलग्न रही फरार रहेको अभियोगमा एक महिलालाई काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा अछाम पञ्चदेवल विनायक नगरपालिका–८ घर भएकी ३० वर्षीया लक्ष्मी सुनार रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

पञ्चदेवल विनायक नगरपालिका–८ बस्ने १८ वर्षीय दीपेन्द्रबहादुर शाहीको कात्तिक १७ गते बिहान हत्या गरी फरार रहेकी उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवन काठमाडौँबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय अछाम पठाइएको छ।

प्रकाशित: २३ कार्तिक २०८० १८:४२ | Thursday, November 9, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast