काठमाडौँ- नेकपा एमालेले मंसिरमा गर्ने भनिएको मध्यपहाडी लोकमार्ग विशेष अभियानअगाडि केन्द्रीय कमिटी बैठक बोलाएको छ। उक्त अभियानमा केन्द्रीय नेताहरूलाई परिचालन गर्ने गरी मंसिर ६ गते काठमाडौँमा केन्द्रीय कमिटी बैठक पनि बोलाइएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
यसअघि उक्त केन्द्रीय कमिटीको बैठक कैलालीको धनगढीमा बोलाउन भनिएको थियो। तर अभियानको काममा ढिलाइ हुने भएकाले केन्द्रीय कार्यालय च्यासलमै बैठक बस्ने निर्णय पनि गरिएको पार्टीका उपमहासचिव ज्ञवाली बताए।
प्रकाशित: २२ कार्तिक २०८० १८:५२
प्रतिक्रिया