आरजु राइस मिलद्वारा भूकम्प प्रभावित क्षेत्रमा ५०० बोरा चामल वितरण

हिमाल प्रेस २१ कार्तिक २०८० १२:०९
आरजु राइस मिलद्वारा भूकम्प प्रभावित क्षेत्रमा ५०० बोरा चामल वितरण

काठमाडौँ– आरजु राइस मिलले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा ५०० बोरा चामल वितरण गरेको छ। प्रत्येक बोरा २० केजीको हो। यसको कुल तौल १० टन बराबर रहेको मिलले जनाएको छ। चामलको बजार मूल्य लगभग १२ लाख रुपैयाँ पर्छ।

आरजु राइस पूर्वको मोरङमा अवस्थित छ। यसको स्थापना बुद्ध एयरका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले गरेका हुन्। मिलमा स्वचालित स्विस मेसिन छन्। यसले धानलाई निफन्नेदेखि सुकाउने तथा भण्डारण गर्ने गर्छ। जसबाट दैनिक ४ टनसम्म चामल तयार हुन्छ।

प्रकाशित: २१ कार्तिक २०८० १२:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 13 =