जाजरकोट भूकम्प : थप उपचारका लागि केही घाइतेलाई काठमाडौँ ल्याइयो [तस्बिरहरू]

हिमाल प्रेस १८ कार्तिक २०८० १६:०६
10
SHARES
जाजरकोट भूकम्प : थप उपचारका लागि केही घाइतेलाई काठमाडौँ ल्याइयो [तस्बिरहरू]

काठमाडौँ– शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। स्थानीय अस्पतालमा उपचार हुन नसकेका घाइतेहरूलाई थप उपचारका लागि चौरजहारबाट काठमाडौं ल्याइएको नेपाल प्रहरीले बताएको छ।

काठमाडौं ल्याइएका घाइतेहरूलाई सुरक्षाकर्मीको सहायता त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा लगिएको छ। केही घाइतेहरूको जिल्ला अस्पतालहरूमा उपचार भइरहेको छ भने केहीलाई सुर्खेत, कोहलपुर र नेपालगन्जमा लगिएको छ।
जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। अहिलेसम्म भूकम्पका कारण १३८ जनाको मृत्यु भइसकेको छ।

 

प्रकाशित: १८ कार्तिक २०८० १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast