काठमाडौँ- जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी घाइते भएका मध्ये सातजनालाई थप उपचारका निम्ति काठमाडौं ल्याइँदै छ।
नेपाल एयरलाइन्सको उडानमार्फत उनीहरूलाई काठमाडौं ल्याउन लागिएको नेपाल प्रहरीले जनाएको छ।
शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडामा केन्द्रविन्दु भएर भूकम्प गएको थियो। भूकम्पका कारण संरचना भत्कँदा जाजरकोट र रुकुम पश्चिममा १६६ जना घाइते भएका छन्।
भूकम्पका कारण संरचना भत्कँदा हालसम्म १३८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित: १८ कार्तिक २०८० १५:०९
प्रतिक्रिया