भूकम्प प्रभावित क्षेत्रमा ५ फोन र म्यासेज निःशुल्क

हिमाल प्रेस १८ कार्तिक २०८० १३:३७
6
SHARES
भूकम्प प्रभावित क्षेत्रमा ५ फोन र म्यासेज निःशुल्क

काठमाडौँ- सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन तथा म्यासेज ५ दिनका लागि निःशुल्क व्यवस्था गर्ने निर्णय गरेको छ।

प्रभावित क्षेत्रमा सूचना आदान प्रदानलाई निरन्तरता दिन सञ्चारमन्त्री रेखा शर्माको निर्देशनमा उक्त निर्णय गरिएको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए।

उनका अनुसार उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुने जनाइएको छ।

प्रकाशित: १८ कार्तिक २०८० १३:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast