थप जनशक्ति यथाशिघ्र उपलब्ध गराउनेछौँ : चिकित्सक संघ

हिमाल प्रेस १८ कार्तिक २०८० १२:५७
2
SHARE
थप जनशक्ति यथाशिघ्र उपलब्ध गराउनेछौँ : चिकित्सक संघ

काठमाडौँ- नेपाल चिकित्सक संघले प्रकोपको समयमा थप चिकित्सकीय जनशक्ति यथाशीघ्र उपलब्ध गराउन संघ तयार रहेको बताएको छ।

संघले कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा गए राति गएको भूकम्पबाट भएको मानवीय क्षतिप्रति समवेदना प्रकट गर्दै विपत्‌मा परेका नागरिकको तत्काल उद्धार गरी घाइतेको उपचारमा संलग्न हुनका लागि दाङ, सुर्खेत र जुम्ला शाखाका चिकित्सकलाई भूकम्पबाट प्रभावित जिल्लामा खटाइ सकिएको पनि जानकारी दिएको छ।

‘भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोट बारेकोट गाउँपालिका र अन्य विकट क्षेत्रमा भएको जनधनको क्षतिले नेपाल चिकित्सक संघ स्तब्ध भएको छ’, संघको विज्ञप्तिमा भनिएको छ, ‘राज्यलाई आवश्यक परेको अवस्थामा थप चिकित्सकीय जनशक्ति यथाशीघ्र उपलब्ध गराउने गरी तयारी अवस्थामा रहन नेपाल चिकित्सक संघ भेरी शाखा, दाङ शाखा, जुम्ला शाखा र सुर्खेत शाखासँग नियमित सम्पर्क भइरहेको र सोहीअनुरुपको व्यवस्था गर्न शाखा कार्यालयलाई परिचालित गरिएको छ।’

प्रकाशित: १८ कार्तिक २०८० १२:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast