काठमाडौँ- शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ पुगेको छ। नेपाल प्रहरीका अनुसार १०ः३० बजेसम्मको अपडेटमा जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु विवरण छ। ज्यान गुमाउनेमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका रहेका छन्।
त्यस्तै भूकम्पमा परी जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ जना गरी १४० घाइते भएका छन्। घाइतेमध्ये ३३ जनाको जाजरकोटमा र २२ जनाको सुर्खेतमा उपचार भइरहेको छ। रुकुम पश्चिममा ४० जनाको रुकुम पश्चिममै उपचार भइरहेको छ। ३० जना डिस्चार्ज भएका छन् भने १५ जनालाई थप उपचारका लागि सर्खेत र नेपालगन्ज रिफर गरिएको छ।
घाइतेको उपचारका लागि वाक्लो संख्यामा स्वास्थ्यकर्मी खटाइएको छ। उद्धारका लागि नेपाल प्रहरी र नेपाली सेनासमेत परिचालित छ।