रहेनन् ‘पुतली बाजे’

हिमाल प्रेस १८ कार्तिक २०८० १०:३९
28
SHARES
रहेनन् ‘पुतली बाजे’

पोखरा- ‘पुतली बाजे’ भनेर चिनिने बेलायती नागरिक कोलिन स्मिथको  शुक्रबार राति पोखरामा निधन भएको छ। ८७ वर्षीय उनको उपचारका क्रममा शनिबार राति पोखराको हरियोखर्क अस्पतालमा निधन भएको हो।
नेपालमा उनले गरेको पुतलीको अनुसन्धानबारे योगदान अतुलनीय छ । पुतलीको संरक्षण, खोज र अनुसन्धान गरेवापत् उनले ‘पुतली बाजे’को उपनाम पाएका हुन् ।

उनकै पहलमा पोखराको पृथ्वीनारायण क्याम्पस परिसरको अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजिम पुतली संग्रहालयको नामले चिनिन्छ। सन् १९६५ मा खुलेको यो संग्रहालयमा विभिन्न खालका जीवजन्तु, पशुपंक्षी संग्रहित छन् । तीमध्ये सबैभन्दा बढी पुतलीका प्रजाति छन्।

उनले नेपालमा पाइने करिब साढे ६ सय प्रजातिका पुतलीको खोज अनुसन्धान गरेर सोही संग्रहालय सजाएका हुन्। आजभन्दा करिब ६० वर्षअघि पोखराको लामाचौरस्थित नेपाली आदर्श विद्यालय पढाउन आएका बेलायती नागरिक कोलिन स्थिम नेपालमै रमाए।

उनले पोखरा र गोरखाका धेरै स्कुलमा पनि पढाए। पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र न्यूरो सर्जन स्व डा उपेन्द्र देवकोटालाई पनि उनले पढाएका थिए। उनले पुतलीबारे करिब ३ दर्जन पुस्तक लेखेका छन्।

प्रकाशित: १८ कार्तिक २०८० १०:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast