धरौटीमा छुटे धर्मेन्द्र बास्तोला

हिमाल प्रेस १८ कार्तिक २०८० ७:००
6
SHARES
धरौटीमा छुटे धर्मेन्द्र बास्तोला

काठमाडौँ- सवारी ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोला धरौटीमा छुटेका छन्।

दाङ जिल्ला अदालतले शुक्रबार थुनछेक बहसमा बास्तोलालाई धरौटीमा छोड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।

दाङकी जिल्ला न्यायाधीश ताराकुमारी शर्माको एकल इजलासले बास्तोलालाई ७० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो। एसपी केसीका अनुसार धरौटी राखेर बास्तोला शुक्रबारनै छुटेका छन्।

बास्तोलाले चलाएको गाडीले रा६प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिङ्गे नजिकै बास्तोलाले चलाएको बा९च ७१९८ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो।

प्रकाशित: १८ कार्तिक २०८० ७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast