भारतमा सवारी दुर्घटना : एकै परिवारका पाँच नेपाली मृत्यु

हिमाल प्रेस १७ कार्तिक २०८० २०:१६
74
SHARES
भारतमा सवारी दुर्घटना : एकै परिवारका पाँच नेपाली मृत्यु

काठमाडौँ- भारतमा सडक दुर्घटना परी एकै परिवारका पाँच जना नेपालीको मृत्यु भएको छ। रोजगारीको सिलसिलामा भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्लाअन्तर्गत अवजलपुरमा गएका सुर्खेत स्थायी घर भएका एकै परिवारका पाँच जनाको सडक दुर्घटनामा मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुर्खेतको चौकुने गाउँपालिका-७, अमलाटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीय अस्मिता, उनका छोरा ५ वर्षका वर्षीय मिलन नेवार, अर्का छोरा दुई वर्षीय धड्कन नेवार र भाइ बुहारी सुस्मिता नेवार रहेका छन् ।

गोवा जाने मुख्य सडकमा ट्रकको ठक्करबाट गए राति उनीहरूको घटनास्थलमै मृत्यु भएको चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग बिकले जानकारी दिए ।’डेराबाट बाहिर घुम्न निस्केका रहेछन्। त्यही बेलामा पछाडिबाट आएको ट्रककले ठक्कर दिएछ,’ उनले हिमालप्रेससँग भने, ‘सबै जनाको घटनास्थलमै मृत्यु भएछ।’

उक्त मोटरसाइकल रतनले चलाएका थिए। मृतक नेवार परिवार विगत एक वर्षदेखि रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका थियो। गाउँपालिका अध्यक्ष विकले उनीहरूको भारतमै दाहसंस्कार गर्ने तयारी भएको छ।

प्रकाशित: १७ कार्तिक २०८० २०:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast