मुगुमा हत्या गरिएका सबैको दाहसंस्कार

हिमाल प्रेस १७ कार्तिक २०८० २०:०६ | Friday, November 3, 2023
मुगुमा हत्या गरिएका सबैको दाहसंस्कार

मुगु– मुगुको छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा हत्या गरिएका सबैको दाहसंस्कार गरिएको छ। घटना भएको आठ दिन र शव परीक्षण भएको चार दिनपछि चारै जनाको आज दाहसंस्कार गरिएको हो।

हत्याको कारण पत्ता नलागेको भन्दै मृतकका आफन्त दीपक बोहोराले शव बुझ्न नमानेपछि दाहसंस्कारमा ढिलाइ भएको थियो। यही कात्तिक ८ गते राति २८ वर्षीया आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र आठ महिनाका छोरा रहर बोहोरा मारिएका थिए। प्रहरीले अहिलेसम्म यो हत्याकाण्डको पर्दाफास गर्न सकेको छैन। रासस

प्रकाशित: १७ कार्तिक २०८० २०:०६ | Friday, November 3, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast