काठमाडौँ- विराटनगरमा एक सुनचाँदी पसलमा छापा मारेर तस्करी गरी ल्याइएको ठूलो परिमाणको चाँदी बरामद गरेको छ।
बिहीबार दिउँसो विराटनगर उपमहानगरपालिका ११ पिचरास्थित पशुपति सुनचाँदी पसलमा छापा मारेको हो।
करिब ४० किलो चाँदी बरामद गरेको विराटनगर भन्सार कार्यालयका सूचना पर्शुराम दाहालले बताए।
उनका अनुसार उक्त चाँदीका गरगहना अहिले भन्सार कार्यालयमा राखिएको छ। बरामद गरिएको चाँदीको यकिन तौल निकालिने उनले बताए।
सुनचाँदी व्यवयासी संघका प्रतिनिधी समेतलाई राखेर तौलिने काम हुन लागेको उनले बताए।
विराटनगर भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय मोरङ र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा छापा हानेको हो।
प्रकाशित: १७ कार्तिक २०८० ६:३९
प्रतिक्रिया