काठमाडौँ- भिजिट भिसामा ओमान पुगेका विदेशी नागरिकले वर्किङ भिसा परिवर्तन गरी रोजगारीका लागि बस्न नपाउने भएका छन् ।
भिजिट भिसामा जाने र त्यहाँ पुगेपछि काम गर्ने भिसा लगाउने सक्ने भए पनि ३१ अक्टोबरदेखि भिजिट भिसामा आएका विदेशी नागरिकले काम गर्न नपाउने ओमानको अध्यागमनले जनाएको छ ।
गत अक्टोबर ३१ देखि भिजिट भिसामा ओमान पुगेकाहरूले काम गर्ने भिसा नपाउने निर्णयओमान सरकारले गरेको ओमानस्थित नेपाली दूतावासले सूचनामार्फत जानकारी गराएको छ ।
दूतावासले काम पाउने आसमा भिजिट भिसामा नआउन सबैलाई आग्रह गरेको छ। घुम्ने पर्यटकका लागि भिजिट भिसा जाने हुने र त्यो प्रयोजनमा आएका विदेशी नागरिकले अब भिसा परिवर्तन गरेर पहिलेजस्तो काम गर्न पाउँदैनन्।
भिजिट भिसामा आएर त्यो भिसाको क्याटगरी परिवर्तन गरी काम गर्ने भिसा लिन नपाउने नियम लागू भएको छ, कसैले भिजिट भिसामा ओमान पठाउन खोजेमा सचेत हुन समेत दूतावासले आग्रह गरेको छ ।