लगातार तेस्रो दिन सोनापुरको सेयर मूल्यमा नकारात्मक सर्किट

हिमाल प्रेस १४ कार्तिक २०८० १२:३० | Tuesday, October 31, 2023
लगातार तेस्रो दिन सोनापुरको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौँ– दोस्रो बजारमा कारोबार सुरु भएको तेस्रो दिन पनि सोनापुर मिनिरल्स एण्ड ओयल लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

मंगलबार कारोबार सुरु भएको एक घण्टा नबित्दै सोनापुरको सेयर मूल्य १० प्रतिशतले घटेको हो। आजमात्रै यसको सेयर मूल्य २८.३० रुपैयाँ घट्दै प्रतिकित्ता २५५.२० रुपैयाँ कायम भएको छ।

सोनापुरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ पैसा प्रिमियमसहित प्रतिकित्ता २३७.५८ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो।

सोनापुरको दोस्रो बजारको कारोबार आइतबार ३५० रुपैयाँ प्रतिकित्ताका दरले सुरु भएको थियो। दाङमा रहेको उद्योगबाट कम्पनीले सोना, सोनाटेक, सोनाली, सोनाचाँदीलगायत ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आइरहेको छ।

सर्वसाधारण ठग्ने औजार बन्यो प्रिमियम आईपीओ

प्रकाशित: १४ कार्तिक २०८० १२:३० | Tuesday, October 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast