गुल्मीमा जंगली च्याउ खाएर ३ जना बिरामी

हिमाल प्रेस १४ कार्तिक २०८० ७:४० | Tuesday, October 31, 2023
गुल्मीमा जंगली च्याउ खाएर ३ जना बिरामी प्रतिकात्मक तस्बिर।

काठमाडौँ- गुल्मीमा जंगली च्याउ खाएर तीन जना बिरामी परेका छन्।

जिल्लाको इस्मा गाउँपालिका-६ बुल्मका ३९ वर्षीया सरिता कुमाल, ११ वर्षका विमल कुमाल र ८ वर्षीया सुस्मा कुमाल बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले बताए।

जंगली विषालु च्याउ खाएर बिरामी परेका तीन जनालाई थप उपचारको लागि पाल्पास्थित मिसन अस्पतालमा उपचारको लागि लगिएको छ।

उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ कार्तिक २०८० ७:४० | Tuesday, October 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast